काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन बनाएर अलआउट भएको हो ।
बंगलादेशका लागि मोनिमुल हकले १०७ रनको शतकीय पारी खेलेका थिए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । त्यस्तै भारतका बलर जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सिराज, आकाश दीप र आर आश्विनले २-२ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले एक विकेट लिए । जडेजाले एक विकेट लिएसँगै टेस्ट क्रिकेटमा आफ्नो ३०० विकेट पुरा गरेका छन् । उनले ७४ टेस्ट खेल्दै ३०० विकेट लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै