काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो । बैठक संसद भवन स्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।शुक्रबारदेखि लगातार २ दिनसम्म परेको पानी र गएको पहिरोका कारण देशभर अस्थप्यस्त बनेको छ । झण्डै २०० जनाले ज्यान गुमाएका छन् ।
कांग्रेसले बाढीपीडितको लागि सरकारले निर्माण गरेको कोषमा ५० लाख जम्मा गर्ने र सांसदले १५ दिनको तलव दिने निर्णय आइतबार बसेको केन्द्रीय कार्यसम्पाद समितिमार्फत गराएको थियो । भोलि बस्ने संसदीय दलले सो निर्णय अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?