काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो । बैठक संसद भवन स्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।शुक्रबारदेखि लगातार २ दिनसम्म परेको पानी र गएको पहिरोका कारण देशभर अस्थप्यस्त बनेको छ । झण्डै २०० जनाले ज्यान गुमाएका छन् ।
कांग्रेसले बाढीपीडितको लागि सरकारले निर्माण गरेको कोषमा ५० लाख जम्मा गर्ने र सांसदले १५ दिनको तलव दिने निर्णय आइतबार बसेको केन्द्रीय कार्यसम्पाद समितिमार्फत गराएको थियो । भोलि बस्ने संसदीय दलले सो निर्णय अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप