काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।
प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन् ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीपहिरोको कहर : ५२ जनाको मृत्यु, ७ वेपत्ता (नामावलीसहित)
बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु, तीन घाइते
बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध
बाढीपहिरो पीडितलाई अस्थायी आवास अनुदान वितरण सुरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण