काठमाडौं । नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।
आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको हो ।
‘सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिइएको छ’, विपद व्यवस्थापन विभागका प्रमुख खिमलाल भट्टराईले भने । उनका अनुसार उद्धार, राहत वितरण र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ । आइतबार सरकारले बोलाएको सर्वदलीय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका तर्फबाट सुझावहरु राख्नेछन् ।
एमालेले आगामी १६ असोजसम्म शुभकामना आदानप्रादनहरु स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरदैलोमा पुगेर एमालेले दिन थाल्यो महाधिवेशनको निम्तो
एमाले महाधिवेशन : चितवनको पूनरावृत्ति गराउने ओलीको तयारी
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा
विधान संसोधनमा तयारीमा ओली, अब बस्ने सचिवालय र केन्द्रीय समितिमा प्रस्ताव ल्याइँदैं
एमाले महाधिवेशन प्रतिनिधिलाई यसरी हुँदैछ बासको व्यवस्था