काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी मुख्य कार्यालय वनस्थली (चमती) मा बैठक सुरु भएको हो । बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल गरिने भएको छ ।
सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी सभापति रवि लामिछानेमाथि हुन सक्ने सम्भावित घटनाक्रम र त्यसको रणनीतिमा छलफल भइरहेको छ । यस्तै देशभर बाढी पहिरो विपत्ति र रास्वपाले गरेको कार्यको विषयमा पनि छलफल भइरहेको छ ।
बैठकमा चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ‚प्रथम राष्ट्रिय भेलाको समीक्षा‚स्थानीय तह उपनिर्वाचन‚ पार्टी महाधिवेशन केन्द्रित गतिविधि सम्बन्ध लगायत विषयमा छलफल हुने एजेन्डा तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा