काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई दशैंपछि गर्ने गरी सारेको छ । ७ असोजदेखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए ।
बाढीपहिरो प्रभावितहरूलाई राहत, उद्धार कार्यमा लाग्नुपर्ने भएकाले अभियान सारिएको महतले बताए । ‘राहत र उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले त्यतैतिर सम्पूर्ण शक्ति लगाउने निर्णय गरिएको छ,’ महतले भने ।
संगठन सुदृढीकरणका लागि ७ असोजबाट १६ पुससम्म सञ्चालन गर्ने गरी अभियानको घोषणा गरिएको थियो । कांग्रेसले ७७ जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधि बनाएर पठाइसकेको थियो ।
कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम पनि स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन