काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए।
बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उनले दिए । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपाली मृत्यु प्रकरणमा एमालेले खोज्यो सरकारको जबाफदेहिता
सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?
एमाले कार्यदलको बैठक बस्दै
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले