काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर बाढी पहिरो र डुबानबाट भएको क्षतिबारे जानकारी लिएका छन् । उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधनसहित खटाइएको बताएका छन् ।
उनले फेशबुकमा लेखेका छन्, ‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ ।’
उनले केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको भन्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढ्न निर्देशन दिएका छन् ।
उनले थपेका छन्, ‘मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने छ । उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं । विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक