न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लामो संक्रमणकालपछि द्वन्द्वबाट अघि बढेर शान्ति प्रक्रियालाई पूरा गर्ने चरणमा रहेको भन्दै यहाँसम्म सहयोगका लागि राष्ट्रसंघसहित विश्व समुदायलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री ओलीले हालै आफ्नो सरकार गठन भएपनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सदनबाट पारित गरेर कार्यान्वयनको चरणमा लगेको जानकारी गराउँदै अब पीडितलाई न्याय दिलाएरै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने प्रतिबद्धता जनाए ।
सयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'द्वन्द्वबाट उदाएको राष्ट्रका रूपमा नेपालले शान्ति र राजनीतिक स्थिरताको गहिरो मूल्य बुझेको छ। बृहत् शान्ति सम्झौताको लामो समयपछि अब हामी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने चरणमा छौँ । मेरो सरकार गठन भएलगत्तै संसदले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित भएर कार्यान्वयनमा गएको छ । अब सत्य र न्यायसहित पीडितको अधिकारलाई कायम गर्दै कानुन कार्यान्वयन गरेर यसलाई टुंगोमा पुर्याउनेछौँ ।'
प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्ने संयुक्त राष्ट्र संघसहित विश्व समुदायलाई धन्यवाद व्यक्त गरे ।
उनले हाल दुई ठूला राजनीतिक दलको सहकार्यमा सरकार बनेको भन्दै यो सरकारले समावेशी र आर्थिक रुपान्तरणको अभियानमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको जानकारी गराए । कटिबद्ध छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति