एजेन्सी । लेबनानमा तीन दिनमा ९० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्। सोमबार यता इजरायलको आक्रमणका कारण लेबनानमा ९० हजारभन्दा धेरै विस्थापित भएका हुन्।
संयुक्त राष्ट्रसङ्घले यो संख्या अझ बढ्नसक्ने अनुमान गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले हिजो भएको इजरायली हवाई आक्रमणबाट मात्रै ५० जनाको मृत्यु भएको जानकारी गराएको छ
यसअघि इजरायलले लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा परेर ५५९ जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो।
यो आक्रमण हुनुअघि लेबनानका मानिसलाई एसएमएस, फोन र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थिययो। उक्त चेतावनी लगत्तै बमबारी सुरु भएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० असोज २०८१, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु