काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राकृतिक स्रोत विभागमा १० सदस्य मनोनित गरेका छन् ।
तारामान गुरुङ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० जनालाई सदस्यमा मनोनित गरेको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनित भएका सदस्यहरुमा महेश श्रेष्ठ (भक्तपुर), सुरेन्द्रप्रसाद यादव (सप्तरी), शान्तिकला तामाङ राई (इलाम), तिलक गिरी (झापा), हरिशकुमार कार्की (जाजरकोट), दिनेश कटुवाल (उदयपुर), रामकुमारी चौधरी (कैलाली), मुकुन्द गौतम (दाङ), नरबहादुर नेपाली (रूकुम पश्चिम) र दामोदर शर्मा (पर्वत) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असोज २०८१, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल