एजेन्सी । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन् ।
राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ माआमनिर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् ।
गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् ।
राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए ।
श्रीलङ्काको नवौँ राष्ट्रपतिको रुपमा शपथग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरूको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।
साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक सङ्कटबाट निकाल्ने भएको बताएका थिए । उनले आफू जादुगर नभई आर्थिक सङ्कटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने लक्ष्य रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ असोज २०८१, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित चारवटा समितिका बैठक बस्दै
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न