काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् ।
काठमाडौँ महानगरपालिका–५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल थालेका थिए । सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उनले आग्रह गरेका थिए ।
त्यस लगत्तै सडकको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्र अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०८ असोज २०८१, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री