काठमाडौ । भक्तपुरमा कार दुर्घटना हुँदा सातजना घाइते भएका छन्। शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार दुर्घटना हुँदा सातजना घाइते भएका प्रहरीले जनाएको छ।
नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा.१८च. २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ।
झापा दमक नगरपालिका–१० घरभएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका र उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असोज २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु