बेरुत । लेबनानका बासिन्दाहरूमा यतिबेला विद्युतीय उपकरणले त्रास बढाएको छ । लगातार दुई दिनसम्म पेजर वा वाकीटकी पड्किँदा ३२ जनाको मृत्यु र ३ हजार ५०० भन्दा धेरै घाइते भएको घटनापछि फोन वा अन्य उपकरणहरू पनि पड्किने हो कि भन्ने भयमा लेबनानबासीहरू छन् । यी घटनामा सयौँ गम्भीर घाइते भएका छन् ।
मंगलबारको शृङे्खलाबद्ध पेजर विष्फोटको घटनामा मृत्यु भएकाहरूको समवेदनाका लागि जम्मा भएकाहरूको हुलमा बुधबार वाकी टकी पड्किएको थियो ।
यी घटनापछि बेरुतको विमानस्थलमा वाकी–टकी र पेजरमा प्रतिबन्ध लगाइएको छ। हजारौँ विस्फोटका घटनापछि लेबनानबासीहरू भयले आक्रान्त बनेका छन् ।
यी घटनाहरूबाट महिला, बालबालिका र वृद्धवृद्धाहरू सशंकित बनेका छन् । अधिकांश मानिसहरूमा आफूले बोकिरहेको अन्य कुनै उपकरण त पड्किने होइन भन्ने भय, डर र द्विविधा बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु