काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग रकम हिनामिनाबारे छलफल गरेको छ ।
समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणपछि अध्यक्ष गुरुङसँग छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिएका छन् ।उक्त सहकारीको रकम हिनामिना प्रकरणमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी समेत मुछिँदै आएका छन् । समितिले बिहीबार कार्यविधि अनुसार ३ वटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको छ ।
सहकारी विभाग र सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय,बुद्धनगरको समितिले स्थलगत अनुगमन गरेको छ । त्यस्तै स्वर्णलक्ष्मी, सुमेरु, सिभिल, गौतमश्री, कान्तिपुर कोअपरेटिभ, नेपाल सहकारी वित्तीय संस्था, मितेरी, लालीगुराँस, गोरखा सेभिङ, शिवशिखर र नागरिक विकास सहकारीको स्थलगत निरीक्षण, अवलोकन र वस्तुगत अवस्थिति अध्ययन गरेको समितिले जनाएको छ ।
साथै गुण मल्टीप्रपोज पुल्चोक ब्राञ्चले बचत फिर्ता गरेपछि सञ्चालन प्रक्रियाको समेत अवलोकन गरेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ भदौ २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन
चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ : सांसद गुरुङ
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैन : धनराज गुरुङ
सुशासन कायम गर्न गैरकानूनी कारोबारहरूलाई बन्द गर्नुपर्छ : धनराज गुरुङ
सम्पत्ति शुद्धीकरण विधेयक पारित
कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : कानुनमन्त्री गुरुङ