काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताएका छन् ।
नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखाद्वारा नेपालगञ्जमा आयोजित दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई आज यहाँ उद्घाटन गर्दै उपसभापति गुरुङले कार्यकर्तामा हार्दिकता अभाव हुँदा आमनिर्वाचनमा त्यसको प्रभाव पर्ने गरेको उल्लेख गरे । उहाँले यस्ता प्रशिक्षणले तल्लो तहमा रहेका कार्यकर्तामा हार्दिकता जोड्ने धारणा राखे ।
“काँग्रेसभित्र हार्दिकता जोड्दै सहकार्य र समन्वय आवश्यक छ”, उपसभापति गुरुङले भने, “त्यसको अभाव हुँदा निर्वाचनमा हामीले तीतो अनुभव बटुल्दै आएका छौँ । यस्ता प्रशिक्षणले हार्दिकतालाई जोड्ने काम गर्छ ।” काँग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध गराउन प्रशिक्षण अत्यन्तै जरुरी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ भदौ २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग