काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच झापामा भेटवार्ता भएको छ । केही दिनअघि झापा पुगेका पूर्वराजा शाहलाई भेट्न बुधबार राप्रपा अध्यक्ष लिङ्देन दमकस्थित हिमालयन चिया बगानमा पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष लिङ्देन निकट स्रोतले भेटवार्ता भएपनि छलफलको विषयमा विस्तृतमा खुलाउन चाहेन ।
अध्यक्ष लिङ्देनले सोमबार विराटनगरमा र मंगलबार विर्तामोडमा पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बुधबार पूर्वराजालाई भेट्न पुगेका थिए । कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको, संविधान संशोधनको विषय उठ्न थालेको र देशमा आन्दोलनको माहौल बन्दै गएको सन्दर्भमा राजसंस्था पुनःस्थापनाको एजेण्डालाई निरन्तर उठाउँदै आएको दल राप्रपाका अध्यक्ष र पूर्व राजाबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
राप्रपाले राजसंस्था पुनःस्थापनाका अलावा हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छ । यस्तै सो पार्टीले विभिन्न ४० बुँदे माग राखेर आन्दोलनको कार्यक्रम समेत गर्दै आएको छ । यद्यपि पार्टीभित्रको दुई लाइन संघर्षका कारण केही समस्या समेत उत्पन्न हुन थालेको राप्रपाका नेताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह