बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
मंगलबार सुर्नया- ८ ढुंगाकोटमा सु.प.प्र.०१०० ज १३५४ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय १८ वर्षीया सविना महराको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
सविनाको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
दुर्घटनामा जिप चालक सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवरसहित चार जना घाइते भएका छन्। चालक कुँवर, सुर्नया-८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको अवस्था सामान्य छ।
घटनापछि चालक लालबहादुर कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु