काठमाडौँ । चितवन र दाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ चुनेखोलास्थित सडकमा ना.८ ख ५९६१ नम्बरको ट्रकमा बा.प्र.०३-००२ प ६१७८ नम्बरको स्कुटर ठक्कर खाई शनिबार राती दुर्घटना हुँदा स्कुटर चालक तनहुँ घाँसीकुवा गाउँपालिका-६ बस्ने ३७ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता दाङको तुल्सीपुर उपमहानगरपालिका-११ हसनापुरमा तुल्सीपुरबाट बेल्टाकुरातर्फ जाँदै गरेको रा.५ प ८००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय शिशिर रोकाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु