काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् ।
उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहिँ पनि विवादित नभएको कम्पनि नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्, भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष लिङदेनले सरकार कामकुरो एकातिर कुम्लो बोकी थिमी तिर भने जस्तो गरिरहेको आरोप लगाए । सरकारले कांग्रेस र एमाले मिलेपछि राम्रो काम हुन्छ भनेकोमा एनसेललाई किस्ताबन्दीमा कर तिर्न छुट दिएको आरोप लगाए । उनले यस विषयमा आउदा दिनमा आफुले विस्तृत रुपमा कुरा उठाउने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्
निजामती विधेयकमा भएको हेरफेर छानबिन हुनुपर्छ: राजेन्द्र लिङदेन
निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने राजेन्द्र लिङदेनको चेतावनी
निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्योः राजेन्द्र लिङदेन
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’