बेइजिङ । चीनको एउटा माध्यमिक विद्यालय बाहिर स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ । “हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ ।
ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते