बेइजिङ । चीनको एउटा माध्यमिक विद्यालय बाहिर स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ । “हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ ।
ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान