काठमाडौँ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्नेप्रतिबद्धता जनाएका हुन् ।
‘गत वर्ष भएको इन्द्वमा परी १२ जना सुदूरपश्चिम विश्वविद्यालयका कृषि क्षेत्रमा कमाउने र सिक्ने विचारले गएका छात्रछात्रा हमासको आकस्मिक आक्रमणमा मारिएका थिए । एक जना विपिन जोशी अझै पनि हमासको कब्जामा रहेकाले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्ने
छु’, उनले संसदीय सुनुवाइका क्रममा भने ।
उनले आफूले हालसम्म हासिल गरेका ज्ञान, सिप, क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरुको पूर्ण सदुपयोग गरी नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान एवं समुन्नतिका लागि निरन्तर प्रयत्नशील रहँदै नेपालको बृहत्तर हित प्रवर्द्धनका लागि कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।
उनले देशलाई विश्वसामु शिर ठाडो पार्ने गरी आफ्ना कामहरु गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमास युद्धविराम वार्ता सफलता बिना नै टुङ्गियो
इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण
युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इजरायल, अमेरिका र इरान सबैले युद्ध जितेको दाबी, तर साँच्चै जित्यो कसले ?
इजरायलमाथि पहिलोपटक इरानद्वारा खैबर-शाकान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार