काठमाडौँ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्नेप्रतिबद्धता जनाएका हुन् ।
‘गत वर्ष भएको इन्द्वमा परी १२ जना सुदूरपश्चिम विश्वविद्यालयका कृषि क्षेत्रमा कमाउने र सिक्ने विचारले गएका छात्रछात्रा हमासको आकस्मिक आक्रमणमा मारिएका थिए । एक जना विपिन जोशी अझै पनि हमासको कब्जामा रहेकाले विपिन जोशीको रिहाइका लागि भरमग्दुर प्रयत्न गरी स्वदेश पठाउने कोसिस गर्ने
छु’, उनले संसदीय सुनुवाइका क्रममा भने ।
उनले आफूले हालसम्म हासिल गरेका ज्ञान, सिप, क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरुको पूर्ण सदुपयोग गरी नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान एवं समुन्नतिका लागि निरन्तर प्रयत्नशील रहँदै नेपालको बृहत्तर हित प्रवर्द्धनका लागि कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।
उनले देशलाई विश्वसामु शिर ठाडो पार्ने गरी आफ्ना कामहरु गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी