नवलपरासी । पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ ।
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए ।
कार्यालयले गत आवमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीन मोटरेबल पुल निर्माण सम्पन्न गरेको उनले बताए ।
पूर्वाधार कार्यालयले १२ कलभर्ट÷कजवे निर्माण गरेको छ । यस्तै तीन झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताए ।
गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माणसहितका बहुवर्षीय एक सय १५ योजना सम्पन्न गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा सडक भासियो, बर्दघाट-दुम्किबास खण्ड पूर्णरुपमा बन्द
पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड ठप्प, डोजरमार्फत खुलाउने प्रयास जारी
फुङलिङ बजारका सडक धमाधम कालोपत्र हुँदै
मुग्लिङ–नारायणगढ सडक २ घण्टा बन्द गरेर सडकमाथिको ढुङ्गा हटाइँदै
दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती
बाढीपहिरोले बिहानैदेखि यी सडकखण्ड पूर्णरुपमा अवरुद्ध