काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपमा सहभागी नेपाली टोलीका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार बसेको क्यानको कार्यसमिति बैठकले खेलाडीलाई प्रोत्साहन पुरस्कार स्वरुप प्रति खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो । यस्तै स्पोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँले प्रोत्साहन भत्ता दिने निर्णय गरेको क्यानले जनाएको छ ।
बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीको सहभागी गराउने निर्णय गरेको छ । फ्रेन्चाइज टिमका लागि १६ वटा आवेदन परेको छ । क्यानको आफ्नै आयोजनामा हुन लागेको एनपीएल १५ मंसिरदेखि ६ पुसम्म हुने छ ।
बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय समेत गरेको छ । निर्णयअनुसार प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने छ ।
यस्तै एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरञ्जमा गरिने क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही