काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने भएको छ । बिहीबार बस्ने केन्द्रीय समिति बैठकले नेताहरूको कार्यविभाजन गर्दै अगामी कार्ययोजना तय गर्न लागेको हो ।
बिहीबारको बैठक भदौ ९ देखि जारी केन्द्रीय समिति बैठकको निरन्तरता भएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठक थापागाउँस्थित अर्पण बैंकेटमा ११ बजेपछि बस्ने छ ।
गत असारमा १० औँ महाधिवेशन गरेको एकीकृत समाजवादीले ३४४ जना केन्द्रीय सदस्यहरूमध्येबाट १७ पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य छनोट गरेको थियो ।बैठकमा पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको औपचारिक घोषणा हुनेछ । महाधिवेशनको समग्र समीक्षा, आगामी कार्ययोजना बन्छ र अहिलेका पदाधिकारीलाई स्थायी कमिटीको काम गर्ने जिम्मा दिन्छ’, ज्वालाले जानकारी दिए ।
आगामी कार्ययोजनामा प्रदेश र जिल्ला अधिवेशनसहित नेताहरूको कार्य विभाजन समेत गर्ने सो पार्टीका नेताहरूले बताएका छन् । त्यस्तै आयोग, सल्लाहकार परिषद् र विभागहरूको गठन गर्नेछ । केन्द्रीय समितिले नयाँ बन्ने स्थायी कमिटीलाई नेताहरूको जिम्मेवारी बाँडफाँडको अधिकार प्रत्यायोजन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ भदौ २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गरियोस् : एकीकृत समाजवादी
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बोलाउन माग
एकीकृत समाजवादीको आरोप – ओलीको निर्देशनमा मुद्दा दायर गरियो
सत्ताधारीहरू नालायक बन्दा समाजको निराशाले अझ भयावह रूप लिँदैछ: घनश्याम भुसाल
एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक