काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने भएको छ ।
आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो ।
आज बिहान ७ बजे मनोनयनपत्र वितरण, ७ः३० देखि ८ः३० बजेसम्म मनोनयन दर्ता गर्ने तालिका छ । यस्तै अन्य बाँकी प्रक्रिया पूरा गरेपछि गरेपछि मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दिउँसो २ देखि ५ बजेसम्म मतदान तथा बेलुका ६ बजेबाट मतगणना सुरु गरिने कार्यतालिका रहेको छ ।
गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले २१ पदाधिकारीमध्ये पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरेको थियो ।
बाँकी १८ जना पदाधिकारी टुङ्ग्याउन एकीकृत समाजवादीलाई सकस परेपछि निर्वाचनको प्रक्रिया रोजिएको हो । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय