मोरङ। मोरङको कानेपोखरी गाउँपालिका- ४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ८ वर्षीया छोरी तुलसा राना मगर छिन् ।
पाँचथरको कुम्मायक गाउँपालिका- १ यासोक घर भइ हाल कानेपोखरी- ४ मा फुपूको घरमा बस्दै आएका छगेन्द्र राना मगरकी ८ वर्षीया छोरी तुलसाको शनिबार साँझ ५ बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि ट्रमा सेन्टर उर्लाबारी पठाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु