मोरङ। मोरङको कानेपोखरी गाउँपालिका- ४ ज्यामिरेस्थित भलुवा खोलामा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ८ वर्षीया छोरी तुलसा राना मगर छिन् ।
पाँचथरको कुम्मायक गाउँपालिका- १ यासोक घर भइ हाल कानेपोखरी- ४ मा फुपूको घरमा बस्दै आएका छगेन्द्र राना मगरकी ८ वर्षीया छोरी तुलसाको शनिबार साँझ ५ बजेको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि ट्रमा सेन्टर उर्लाबारी पठाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु