तेल अभिभ । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ । त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा लेबनानले पनि हवाई हमला गरेपछि सङ्कटकाल लगाइएको हो ।
आफले इजरायलतर्फ ३२० वटा रकेट प्रहार गरेको हिजबुल्लाले भनेको थियो । ड्रोन र कात्युशा रकेटको प्रयोग गरेर आफूले उत्तरी इजरायलको क्षेत्रहरूलाई निशाना बनाइरहेको उसले बताएको थियो ।
यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभीभमा आपतकालीन राष्ट्रिय सुरक्षा बैठकलाई सम्बोधन गरेका छन् । ‘हाम्रो देशको रक्षा गर्न र बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घरसम्म फर्काउन हामी सबै कुरा गर्न तयार छौँ । हामीलाई चोट पुर्याउन खोज्ने जोकोहीलाई हामी पनि चोट पुर्याउनेछौं’ उनले भनेका छन् ।
आफ्नो सेनाले इजरायलमा आक्रमण गर्ने हिजबुल्लाको तयारी पत्ता लगाउन दिनरात काम गरेको पनि उनले बताए । सेनाको पूर्व तयारीका कारण आफूहरूले हेजबुल्लाहका हजारौँ रकेट नष्ट गर्न सफल भएका पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो
इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक