काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन आँट देखाउने र हेर्ने विषय नभएको बताएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले ८ वर्षको कार्यान्वयनको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका हुन् ।
‘यसमा आँट र नआँट भन्ने प्रश्नै उठ्दैन’, उनले भने, आँट देखाउने भएर उल्किन जरुरी छैन, जे आवश्यक छ, त्यो आँट नगर्ने भन्ने पनि हुँदैन ।’ संविधान संशोधन साझा सवाल भएको प्रधानमन्त्री ओलीले बताए । ‘कसैले आँट गर्ने, कसैले आँट गर्छ कि गर्दैन भनेर हेर्ने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘आँट गर्न परे सबैले गरौंला, आँट गर्न नपरे सबैले नगरौंला ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति