बुटवल। रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दार रहेका छन् । लू २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधवार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु