बुटवल। रुपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ निवासी ३५ वर्षीय गोरख बेल्दार रहेका छन् । लू २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बेल्दारको उपचारका क्रममा बुधवार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता मनोहर भट्टले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु