काठमाडौं। अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध जासुसीको अभियोगमा मुद्दा दायर गरेका छन् ।अमेरिकामा बस्ने ६७ वर्षीय युआनजुन ताङले चीनको गुप्तचर एजेन्सीका लागि काम गरेको आरोपसहित मुद्दा दायर गरिएको हो ।
ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको थियो । उनीमाथि एफबीआईविरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ ।
बुधवार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, 'ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।
ताङमाथि ई-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाटलगातार सन्देश पठाएको आरोप छ।यसबाहेक, उनले लगातार चिनियाँ सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै आएको पनि अभियोग पत्रमा उल्लेख रहेको बीबीसीले समाचार लेखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ