काठमाडौँ । भक्तपुरको लोकन्थली बसपार्कमा महिलाको सिक्री लुटेको आरोपमा आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका अनिल कुमार तामाङ उर्फ खनक, नमोबुद्ध नगरपालिका–५ घर भएका ३४ वर्षीय गणेश लामा र बेथानचोक गाउँपालिका–६ घर भएका ३१ वर्षीय सुरेश तामाङ उर्फ रोहित छन् ।
साउन २१ मा उनीहरूले जडीबुटीबाट कमल विनायक जाँदै गरेकी ५० वर्षीया कमला गौतमले घाँटीमा लगाएको सिक्री लुटेका हुन् । आरोपीहरूलाई कौशलटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
पीडित गौतम रामेछापको सुनापति गाउँपालि वडा नम्बर–१ की स्थानीय हुन् । पक्राउ पर्नेहरू यसअघि पनि पटक पटक अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेर छुटेको प्रहरीको रेकर्डमा भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ