काठमाडौं। छेन्दु– चीनको दक्षिण–पश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधवार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार कोइला खानीमा एकजना अझै फसिरहेका छन् ।
सीसीटीभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान शहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेकाे समय बिहान १० बजे भएको थियो।
खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एक व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ । दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु