काठमाडौं। छेन्दु– चीनको दक्षिण–पश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधवार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार कोइला खानीमा एकजना अझै फसिरहेका छन् ।
सीसीटीभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान शहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेकाे समय बिहान १० बजे भएको थियो।
खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एक व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ । दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल