झापा। इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भुटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागुऔषध मुद्दामा यही भदौ २ गते बिर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए ।अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो ।
हिरासतमा रहँदा अत्यधिक पेट दुखेको बताएपछि राईलाई मङ्गलबार अपरान्ह ४ बजेतिर बिर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
ठमेलबाट सुनसहित २ चिनियाँ नागरिक पक्राउ
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ