काठमाडौँ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् ।
आरोपीको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । कुखुराको खोरमा लुकाएर राखेको पेस्तोल बरामद गरेर ईलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ