काठमाडौं। पाकिस्तानको संसद् यतिबेला ठूलो समस्याको सामना गरिरहेको छ । समस्या राजनीतिक होइन, संसद् भवनमा रहेका मुसाको हो ।
संसद्मा मुसाको चहलपहल बाक्लै छ । मुसाले पुराना अभिलेखहरू काटेका छन् । सन् २००८ मा भएको बैठकको अभिलेख हेर्न आधिकारिक समितिलाई सोध्दा समस्या बाहिर आएको हो । ती फाइलमध्ये धेरैलाई मुसाले काटिसकेको रहेछ ।
राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानले बीबीसीलाई भने, 'यहाँ रहेका मुसाहरू यति ठूला छन् कि बिरालाहरू पनि डराउँछन् ।' समस्या यति बढेको छ कि हललाई मुसामुक्त गर्न वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट तोकिएको छ ।
धेरैजसो मुसा पहिलो तल्लामा रहेको बीबीसीको समाचारमा उल्लेख छ । सिनेटमा प्रतिपक्षी दलको नेताको कार्यालय मात्र नभई अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि यहीँ बस्ने गरेको छ ।
यस क्षेत्रमा खाना हल पनि छ। दिउँसो संसद्मा सांसद उपस्थित हुँदा मुसा देखिँदैनन् । तर राति धेरै नोक्सान गर्छन् । राष्ट्रिय सभाका एक अधिकारीले भने, ‘साँझमा कोही नहुँदा मुसा म्याराथनजस्तै दौडिन्छन्, यहाँ काम गर्ने कर्मचारीलाई बानी परेका छन्, तर पहिलो पटक यहाँ कोही आउँदा उनीहरू डराउँछन् ।'
मुसा नियन्त्रणका लागि पाकिस्तानी पत्रपत्रिकामा विज्ञापन पनि जारी गरिएको छ । मुसा नियन्त्रणमा सहयोग पुग्ने किसिमको कीट नियन्त्रण कम्पनी खोज्ने प्रयास भइरहेको छ। हालसम्म दुई कम्पनीले मात्रै समस्या समाधान गर्न चासो देखाएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु