काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ ।
बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुने बताइएको छ ।
हालै सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । क्रमशः अन्य प्रदेशमा पनि यस्तो बैठक बस्ने माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा