काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि विश्वासमा लिएर गर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडी बढ्ने बताएका हुन् ।
देउवाले भने,‘ओलीजी र मबीच भएको सहमति सार्वजनिक नै छ, त्यो केही कुरा लुकाउनुपर्ने छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । त्यसैले कसैले शंका गर्नुपर्ने छैन । ओलीजीसँग धेरै सोचि विचारी गरेको सहमति हो, दुई पार्टी मिले भइहाल्छ नि भन्थे हामीले अरुलाई पनि समेटेका छौं । अरुको खिलाफमा हुँदै होइन ।’
कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेबीच मध्यरात गरेको सम्झौताका कारण आशंका उत्पन्न भएको उल्लेख गर्दै संबिधान संशोधन गर्ने नै भए खुला छलफल गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा