एजेन्सी । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए ।
अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बीबीसीलाई बताए । हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको बताएको छ ।
इजरायलले अमेरिका र मध्यस्थकर्ताहरूले हमासलाई मनाउन प्रयास गर्ने प्रयासको सराहना गर्दै उसले बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको दाबी गरेको छ ।
यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबिचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ भदौ २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो