काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि इजलासमा फर्किएकी छिन् ।
गत जेठ ५ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले बिदा स्वीकृत गरेर बिदामा बसेकी थिइन् ।
उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ । उनको इजलासमा ७ वटा पेसी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा पेसी तोकिएको छ ।
सर्वोच्चमा वरीयतामा पहिलो रोलक्रममा रहेका मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाललाई पन्छाएर चौथो नम्बरमा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ जेठ २०८३, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा
क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल