विराटनगर । आगामी ८२ सालमा हुन लागेको नेपाली काँग्रेसको पन्ध्रौ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको नेता डा. शेखर कोइरालाले बताएका छन् ।
२०८२ सालमा काँग्रेसको महाधिवेशन हुने नहुने टुंगो नभइरहेको बेला कोइरालाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण पनि सभापतिमा स्वतः दाबी रहने बताएका हुन् । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा गरिरहेको पनि बताए ।
अर्को प्रसंगमा उनले कोशी प्रदेश सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको बताए । कोइरालाले मुलुकलाई स्थायित्व दिन ठूला दल मिलेको बताए । नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला