झापा । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ