काठमाडौ । भारतको मोतीहारीदेखि नेपालको सर्लाहीसम्म १३० किलोमिटर लामो पाइपलाइनमार्फत खाना पकाउने एलपी ग्यास आपूर्ति गर्ने तयारी गरिएको छ । सो स्थानमा पाइपलाइन निर्माण गरी ग्यास ढुवानी गर्ने विषयमा दुवै देशका उच्च पदस्त अधिकारीबिच छलफल हो ।
भारतमा हालै सम्पन्न बिम्स्टेक सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीसँगको भेटमा ग्यासको पाइपलाइन निर्माण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पाइपलाइन निर्माण गर्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको मन्त्रालयले जनाएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ साउन २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट एलपी ग्यास आपूर्तिमा अवरोध नभएको आयल निगमको स्पष्टीकरण
निर्वाचन अवधिलाई लक्षित गर्दै एलपी ग्यास आयात बढाइयो, एकै दिन १३८ बुलेट भित्रियो