काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पूर्वमहामन्त्री मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
रास्वपाबाट ढकाललाई प्राप्त पत्रअनुसार पार्टीको साधारण सदस्यबाट किन ढकाललाई निष्कासन नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।
यसअघि नै ढकाललाई पार्टीको महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताको पदबाट हटाएको रास्वपाले बुधबार पत्राचार गर्दै स्पष्टीकरण सोधेको हो ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सोधेको स्पष्टीकरणमा भनिएको छ,‘पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईँलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्नेरु तपाईँको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत