काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान पार्टी कार्यालयमा बसेको सचिवालयले राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी गराए । राष्ट्रिय भेला अघि सातै प्रदेशमा भेला गर्ने रास्वपाले जनाएको छ ।
राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । त्यस्तै केन्द्र र प्रदेशमा भएका क्लोज क्याम्पका एजेण्डामा पनि छलफल हुनेछ । राष्ट्रिय भेलामा विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लव/लिडरसिप एकेडेमी लगायतमा छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस
रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने