काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान पार्टी कार्यालयमा बसेको सचिवालयले राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी गराए । राष्ट्रिय भेला अघि सातै प्रदेशमा भेला गर्ने रास्वपाले जनाएको छ ।
राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । त्यस्तै केन्द्र र प्रदेशमा भएका क्लोज क्याम्पका एजेण्डामा पनि छलफल हुनेछ । राष्ट्रिय भेलामा विधान संशोधन, विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लव/लिडरसिप एकेडेमी लगायतमा छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा