काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ, अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्राम, नगद ३९ हजार ६ सय रुपैयाँ, डिजिटल तराजु १ थान र मोबाइल ३ थान सहित २ जनालाई काठमाडौँबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१३ कालीमाटी बस्ने उदयपुर त्रियुगा नगरपालिका-११ घर भएका ४७ वर्षीय मनिराज राई र काठमाडौँ महानगरपालिका-१२ टेकु बस्ने काभ्रेपलान्चोक रोशी गाउँपालिका-१० घर भएका ३२ वर्षीय बालकृष्ण राक्से रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ, टोखा नगरपालिका-९ शिवमन्दिरस्थित सडकबाट अवैध लागु औषध गाँजा १ किलो १ सय ३० ग्राम सहित नुवाकोट बेलकोटगढी नगरपालिका-११ घर भएका २२ वर्षीय युवराज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।धनुषा, जनकपुर उपमहानगरपालिका-१ स्थित रेल्वे स्टेशनको मुलगेट नजिकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम सहित पैदलयात्री सिराहा सिरहा नगरपालिका-१३ गमहरिया बस्ने ३३ वर्षीय अभासकर यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागू औषध नियन्त्रण ब्यूरो गोलबजार सिराहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-१० किरानाटारबाट अवैध लागु औषध गाँजा ४ किलो ५७ ग्राम र नगद ८ हजार रुपैयाँ सहित कालिका नगरपालिका-११ बस्ने २२ वर्षीय मनोज चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, वीररगन्ज महानगरपालिका-१६ ईनर्वा शंकराचार्य गेट र मितेरी पुलको बिच सडकबाट अवैध लागु औषध गाँजा करिब ५ किलोग्राम सहित भारत घर भएका २८ वर्षीय करण कुमार सोनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले वीरगन्जबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय २० मिलिग्राम, नियन्त्रित लागु औषध नाईट्राभेट ५ ट्याब्लेट र स्पास ९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष चौधरीलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागु औषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय प्रबिन राई र सोही नगरपालिका-७ बस्ने २१ वर्षीय रोशन राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भगलपुरबाट खटिएको प्रहरीले प्रदेश नम्बर २-०१-००३ प ७०७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित सडकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका ३० वर्षीया राजमिका राई समेत ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाजुको हत्या गरी फरार युवक पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
गोली प्रहार गरेर भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ