धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार (आज) विश्वासको मत लिंदैछन् । शाहले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
शाह कांग्रेस र एमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि शाहलाई २७ जनाको समर्थन आवश्यक पर्छ ।
शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन छ भने नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा भएकाले नाउपाले पनि विश्वासको मत दिनेछ । प्रदेश सभामा १० सिट रहेको माओवादी केन्द्र, ४ सिटको एकीकृत समाजवादी, राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सदस्य डा. ताराप्रसाद जोशी प्रतिपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
लुम्बिनीका मुख्यमन्त्री र सुदूरपश्चिम प्रदेश प्रमुखबीच शिष्टाचार भेट
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई आह्वान
सुदूरपश्चिम प्रदेश सरकारको एक बर्से महत्त्वपूर्ण कार्यप्रगति सार्वजनिक
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री शाह