सुनसरी । धरानको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका सोही उपमहानगरपालिका-१६ बस्ने ४९ वर्षीया प्रमिला योङदेनसमेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार १० रुपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ