काठमाडौँ । नेकपा माओवादी केन्द्रले तत्काल नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको जनाएको छ । स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले सांगठानिक विधिबाट नै निष्कर्षमा पुग्ने बताए ।
उनले भने, ‘नेतृत्वबारे सांगठानिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ । सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व कमरेड प्रचण्डबाट मात्रै हुन्छ । तथ्यबाट सत्य खोजेर उद्देश्यमा केन्द्रित भएर भविष्यमा केन्द्रित हुनुपर्छ ।’
उनले बैठकमा बोलेका अधिकांशले विचार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आत्मसमीक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएको बताए ।
उनले थपे, ‘पार्टी कमिटीलाई सानो बनाउनुपर्छ, समाजवादीको अगुवाइ गर्नुपर्छ, हामीबाट नै समाजवादी प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ, परिवर्तनको पक्षधर माओवादी भएकाले एकताबद्ध भएर जानुपर्छ, आलोचना पनि सकारात्मक र रचनात्मक कोणबाट भएको छ ।’
यो बैठकमा केन्द्रीय समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
एकीकृत वाम पार्टीको बैठक कात्तिक २० गते गर्ने माओवादीको निर्णय
माओवादी सचिवालय बैठक आज पनि बस्दै
माओवादीमा जनार्दनको लिखित प्रस्ताव- एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल स्थगित गरौँ (पूर्णपाठ)
चितवनबाट उठेको न्यायको आवाज — जेन Z आन्दोलनमाथिको दमन र विद्यार्थी हत्याविरुद्ध हस्ताक्षर अभियान सम्पन्न!
पार्टी एकताबारे निर्णय लिन माओवादीले बोलायो सचिवालय बैठक